तगारोमा रुमाल राखी……पहिलो पटक भारत जाँदै गर्दा पोखरा सुनौलिको बसमा बजेको यो गीत…मेरो प्यारीसँग छुट्टिएको पीडा अनि त्यो गीत सुन्दै गर्दा आँखा भरि रुँदै पर्देश गएको याद आउँछ। आज १३/१४ वर्ष पछि पनि त्यो ठाँउ र त्यो भावना त्यहीँ जगेको छ। यो गीतले त त्यही पललाई फेरि जीवित बनायो।