Experience how Kandara evokes nostalgia, belonging, and the feeling of homecoming through the heartfelt emotions of our fans on social media.
बर्णन गर्नलाई शब्दहरु पनि फिका लाग्छन्...कन्दराका गीतलाई कहिल्यै मर्न नदिनुस्। श्रद्धा र नमन कन्दरा ब्यान्ड लाई, जसले हाम्रो मनका भावनाहरुलाई संगीतमा बाँधेर अमर बनाएको छ।
– Bigyan Tamang
तगारोमा रुमाल राखी......पहिलो पटक भारत जाँदै गर्दा पोखरा सुनौलिको बसमा बजेको यो गीत...मेरो प्यारीसँग छुट्टिएको पीडा अनि त्यो गीत सुन्दै गर्दा आँखा भरि रुँदै पर्देश गएको याद आउँछ। आज १३/१४ वर्ष पछि पनि त्यो ठाँउ र त्यो भावना त्यहीँ जगेको छ। यो गीतले त त्यही पललाई फेरि जीवित बनायो।
– Sruen Gurung
Kandara Band is truly one of the finest musical groups to represent Nepali culture, emotions, and love. Their music beautifully blends modern sound with the essence of Nepali folk—and the result is absolutely mesmerizing. Each member of Kandara is not just a musician, but a national treasure. Thank you for keeping our roots alive and making us feel proud through your art. You are the pride of Nepal.
– Raja Pari
यहाँ मादल छ, बाँसुरी छ, गिटार छ, अनि सारङ्गीको अनुपम धुन छ। यहाँ छ लोक—र लोकपपको आत्मा। Evergreen Kandara Band! आजको पुस्ताले Kandara Band बाट धेरै सिक्न बाँकी छ। सिकौँ, अनि सिकाऔँ। धन्यवाद Kandara Band—नेपाली संगीतमा लोकपपको सुर ल्याउने, संस्कृति र आधुनिकतालाई एकै सुरमा गुथ्ने तपाईंहरूको अनुपम योगदानका लागि। धन्य तपाईंहरू, धन्यवाद तपाईंहरूको संगीत।
– Suuuboy
अति नै मन परेर कमेन्ट गर्न मन लाग्यो। आहा! कति मिठो, सुन्दर र आनन्द दिने गीत! जति सुनें पनि फेरि फेरि सुनिरहन मन लाग्छ। मैले त यो गीत १००० पटकभन्दा बढी सुनेको छु—र अझै पनि सुन्दै छु। कहिलेकाहीँ त लाग्छ, यो गीत सुन्दै जीवन बिताइहालूँ।
– Abishek Gurung
तिमी पारि त्यो गाउँमा...म एक प्लम्बिङ काम गर्ने मान्छे हुँ। यो गीत म सधैं सुन्दै पाइपिङ र धाराको काम गर्छु। गीत सुन्दै गर्दा मेरो सारा दिन गीतमय हुन्छ—काम गरिरहेको हुन्छु, तर गीतले मनमा अर्कै संसार ल्याइदिन्छ। कहिले दिन बित्यो थाहा नै हुँदैन। ❤️
– Helen Shrestha
कन्दराका गीतहरू सुन्दा मन भक्कानिन्छ, आँखाहरू रसाउँछन्। बाल्यकालको त्यो सुन्दर जीवनको याद आउँछ—जहाँ यी गीतहरू सुन्दा म स्वतन्त्र थिएँ, कुनै चिन्ता थिएन, कुनै तनाव थिएन। त्यो निर्दोष समय, त्यो निश्चिन्त जीवन, ती स्मृतिहरू फेरि एकपटक मनभरि बग्छन्।
– Mangsemi Hang Nembang
कन्दराका गीतहरू नेपाल टेलिभिजन र रेडियो नेपालमा सुन्नको लागि घण्टौँ पर्खिन्थ्यौँ। These songs take me back to those old days.
– Manav Basyal Sharma
लेक कि हे माया’ गीत आउँदा गाउँको एउटा मात्रै घरमा टिभी थियो। हामी ग्रुपमा गएर त्यही हेरेका थियौँ। ती दिनहरू याद आए।
– Mohan Gurung
कहिलेसम्म खोजिरहूँ म, ती सुनौलो रंगले भरिएको जीवन? कहिलेसम्म प्रतीक्षा गरूँ ती सदाबहार गीतहरूको, जसले मनका कुना-कन्दरामा कहिल्यै नमेटिने गरी आफ्नो स्थान बनाइसकेका छन्?
समय बदलियो, वर्ष बदलियो—तर आज, २०२५ मा पनि उही गीत सुन्दैछु, फेरि एकपटक ती अविस्मरणीय क्षणहरूलाई मनभरि जीवित पार्दै। न ती सुर हराए, न ती भाव मक्किए।
फेरि पनि, एकपटक धन्यवाद—कन्दरा परिवारलाई। त्यो आवाज, त्यो संवेदना, अझै पनि जीवनको धड्कनजस्तै गुञ्जिरहेछ