कहिलेसम्म खोजिरहूँ म, ती सुनौलो रंगले भरिएको जीवन? कहिलेसम्म प्रतीक्षा गरूँ ती सदाबहार गीतहरूको, जसले मनका कुना-कन्दरामा कहिल्यै नमेटिने गरी आफ्नो स्थान बनाइसकेका छन्?
समय बदलियो, वर्ष बदलियो—तर आज, २०२५ मा पनि उही गीत सुन्दैछु, फेरि एकपटक ती अविस्मरणीय क्षणहरूलाई मनभरि जीवित पार्दै। न ती सुर हराए, न ती भाव मक्किए।
फेरि पनि, एकपटक धन्यवाद—कन्दरा परिवारलाई। त्यो आवाज, त्यो संवेदना, अझै पनि जीवनको धड्कनजस्तै गुञ्जिरहेछ
– Binod Chulyaju